बेवारिसे एक व्यक्तिको उद्धार

Published on

काठमाडौं । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाइँको नेतृत्वमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आइतबार उद्धार गरी लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएको छ । अस्वस्थ्य र कमजोर अवस्थामा भेटिनुभएका व्यक्तिलाई फक्ताङ्लुङ गाउँपालिकाको एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकीमा पुर्याइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूकाअनुसार सिँवा प्रहरी चौकीबाट खटेको टोलीसमेतको सहयोगमा अलैँची बगानदेखि कपडाको डोली बनाई बोकेर सडकको पहुँच भएसम्म निकालिएको थियो । सडकमा निकालेपछि एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकी पुर्याएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

अनुमानित ४० देखि ४५ वर्ष उमेरका तराई मूलकजस्ता देखिने व्यक्तिको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको छ । अध्यक्ष लिम्बूका अनुसार नाम, ठेगाना बनाउन नसक्ने ती व्यक्तिले सामान्य हिन्दी भाषा भने बोल्ने गरेका छन् । स्थानीयका अनुसार बेवारिसे अवस्थामा फेला परेका व्यक्ति केही हप्ता अघिदेखि नै अलैँची बगानभित्रको एक ओडारमा रहँदै आएका थिए । जङ्गलबाट उद्धार गरिएपछि स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएका उहाँलाई बेवारिसे मानवको संरक्षण गर्ने संस्था वा आफन्तको खोजी गरी पठाउने प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...