मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

Published on

काठमाडौं । लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानुनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् । निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना रहेको छ ।

यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ । सिनेटमा प्रदर्शन गरेका प्रदर्शनकारीले बुधबार उक्त प्रस्तावमाथि मतदान हुने अपेक्षा गर्दै ‘न्यायपालिका ढल्ने छैन’ भन्ने नारा लगाएका थिए । सिनेटका समितिहरूले आइतबार राती उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसा गर्ने कुनै कानुनी आधार नभएको बताउनुभएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...