मुद्दती निक्षेपमा डेढ अर्ब जम्मा गर्दै राष्ट्र बैङ्क

Published on

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपादान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब २० करोड, विकास बैङ्कमा २२ करोड ५० लाख र फाइनान्स कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ राख्न लागेको हो ।

राष्ट्र बैङ्कले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि बैङ्क तथा वित्तीय संस्थाको मुद्दतीमा उक्त रकम राख्न लागेको हो । मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजी कोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैङ्क तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा समाचार

‘संविधान संशोधन गर्न आवश्यक’

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न...

सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक

काठमाडौं । आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम...

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क

काठमाडौं । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद्...

जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९...