राष्ट्रपति पदको निर्णायक बहसमा भिड्दै ह्यारिस र ट्रम्प

Published on

काठमाडौं । कमला ह्यारिस र डोनाल्ड ट्रम्प मङ्गलबार टेलिभिजनमा उच्चस्तरीय बहसमा आमनेसामने हुन तयार हुनुहुन्छ । उक्त बहस अमेरिकी राष्ट्रपति निर्वाचनको दुई महिनाभन्दा कम समयअघि सम्भावित रूपमा खेल परिवर्तन गर्ने क्षण हुनेछ ।

दशौँ लाख अमेरिकी मतदाताले पूर्वी समय (जिएमटी ०१ः००) राति नौ बजे आफ्नो पहिलो र सम्भवतः एक मात्र बहसको मञ्चमा प्रवेश गरेको हेर्न ट्युन गर्ने अपेक्षा गरिएकाले डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्पका लागि यो बहस सम्भवतः उच्च हुनसक्छ । नोभेम्बर ५ को मतदानअघि दुवै प्रतिद्वन्द्वी आमनेसामने हुँदा एउटा पनि तिखो टिप्पणी वा गल्तीले पनि अमेरिकी इतिहासमा सबैभन्दा नाटकीय ह्वाइट हाउसको दौडमा सन्तुलनलाई बिगार्न सक्छ ।

जुलाईमा अचानक राष्ट्रपति जो बाइडेनको स्थान लिनुभएकी ५९ वर्षीया ह्यारिसका लागि उहाँका बारेमा थोरै जानकारी भएका मतदाताहरूको मन जित्ने यो महत्त्वपूर्ण अवसर हुनेछ । यसैबिच ७८ वर्षीय ट्रम्पले अर्थतन्त्र र आप्रवासनजस्ता मुद्दामा ह्यारिसलाई घेर्ने प्रयास गर्नुहुनेछ । तर अभियानका क्रममा उहाँले आफूलाई निर्देशित नस्लवादी र यौनवादी अपमान पनि बाहिर ल्याउन सक्नुहुनेछ । निर्वाचन सर्वेक्षणअनुसार महिलाहरूबीच महत्त्वपूर्ण बढत हासिल गर्नुभएकी ह्यारिसबाट उहाँले ट्रम्पमाथि प्रजनन अधिकारमाथि दबाब दिन सक्नुहुने अपेक्षा गरिएको छ । ट्रम्पले हालै गर्भपतनको पहुँचलाई लिएर धेरै विरोधाभासपूर्ण टिप्पणी गर्नुभएको छ । फिलाडेल्फियामा एबिसी न्युज बहसमा दुवै उम्मेदवार व्यक्तिगतरूपमा पहिलो पटक भेट्दै हुनुहुन्छ । यसले भीषण टक्करको सम्भावना बढेको छ । एबिसी न्यूज बहस ९० मिनेटसम्म चल्नेछ र बहस दर्शकहरू बिना आयोजना हुनेछ । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...