खोल्सोले बगाएर बालिकाको मृत्यु

Published on

काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानीस्थित मोरङ्गे खोल्सोले बगाएर विद्यालयबाट फर्कदै गरेको एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ८ सिमपानी गुरुङडाँडाकी रितिका भन्ने रन्जिता गुरुङको मङ्गलबार साँझ खोल्सोले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय युनाइटेड बोर्डिङ स्कुलमा अध्यनरत वर्ष १४ की रन्जिता र महेन्द्रकिरण माविमा अध्ययनरत वर्ष १७ का छात्र दुवै जना घर फर्कने क्रममा घरदेखि करिब २० मिटर नजिकै पश्चिमतर्फ रहेको मोरङ्गे खोल्सो तर्ने क्रममा वर्षापछि आएको बाढीले बगाएको थियो । खेल्सोमा आएको बाढीले बगाएर रन्जितालाई बेपत्ता बनाएको र घाइते भएका १७ वर्षीय छात्रको उद्धारपछि मनहरी अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोल्सोले बगाएर बेपत्ता भएका रन्जितालाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट करिब दुई किमि तल जनसेवा क्रसर नजिकै मृत अवस्थामा फेला पारेको र शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...