सुन तस्करी प्रकरण : चिनियाँ नागरिक टेरेन्स पक्राउ

Published on

काठमाडौं । साठी केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेको छ । छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत टेरेन्सलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

टेरेन्सलाई मङ्गलबारै अदालत उपस्थित गराइएको र अदालतमा बयान सुरु भएको ब्युरो प्रमुख थापाले जानकारी दिनुभयो । सिआइबीको अनुसन्धानमा टेरेन्स सुन तस्करीमा अन्य चिनियाँ तस्कर समूहसँग र ६० केजी सुन तस्करी प्रकरणका मुख्य आरोपित याओ पुचिङसँग नियमित रूपमा सम्पर्कमा देखिएको र क्यासिनोमा आउजाउ गरेको भेटिएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले पनि टेरेन्सविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सिआइबीले गरेको अनुसन्धानका क्रममा अधिकृतहरूले क्यासिनोको सिसिटिभी फुटेज पनि बरामद गरेका थिए । त्यस क्रममा सुन प्रकरणका चिनियाँ आरोपित क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...