पाँच सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ७८ जनामा मोतीबिन्दु

Published on

काठमाडौं । नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरूका आँखा बिरामीहरूलाई लक्षित गरेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

बुधवारसम्म सञ्चालन गरिएका शिविरमा ५९१ जना सर्वसाधारणको आँखाको निःशुल्क परीक्षण गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माले जानकारी दिनुभयो । हालसम्म शिविर सञ्चालन गरिएका वडा नम्बर १ देखि ८ सम्मका शिविरमा ५९१ जनाको आँखा परीक्षण गरिएको र ७८ जनामा मोतीबिन्दु रोग पत्ता लागेको उहाँले बताउनुभयो । भदौ २३ गतेदेखि सुरु गरिएको निःशुल्क आँखा शिविर आगामी असोज ६ गतेसम्म सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । नेपालगन्जका सबै २३ वटै वडाहरूमा सञ्चालन गरिने शिविर बुधवारसम्म १ देखि ८ नम्बरसम्म आठ वटा वडामा सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

त्यसै गरी भदौ २७ गते वडा ९ स्थित सहरी स्वास्थ्य केन्द्र पिरअलीपूर्वा र वडा नम्बर १० स्थित सहरी स्वास्थ्य केन्द्र गोसाइँगाउँ, २८ गते वडा नम्बर ११ स्थित सहरी स्वास्थ्य केन्द्र भवानी बाग र वडा नम्बर १२ स्थित नेपालगन्ज स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ । डा।बर्माका अनुसार भदौ ३० गते नेपालगन्जको वडा नम्बर १३ स्थित स्वास्थ्य चौकी उदयपुर र वडा नम्बर १४ स्थित स्वास्थ्य चौकी भवानियापुरमा सर्वसाधारणको निःशुल्क आँखाको परीक्षण गरिनेछ । त्यसै गरी ३१ गते वडा नम्बर १५ स्थित स्वास्थ्य चौकी पिपरहवा र वडा नम्बर १६ स्थित स्वास्थ्य चौकी जैसपुर, असोज १ गते वडा नम्बर १७ स्थित स्वास्थ्य चौकी परसपुर र वडा नम्बर १८ स्थित स्वास्थ्य चौकी कारकाँदो आँखा शिविर सञ्चालन हुनेछ ।

त्यसै गरी असोज २ गते वडा नम्बर १९ स्थित स्वास्थ्य चौकी बसुदेवपुर र वडा नम्बर २० स्थित स्वास्थ्य चौकी मनिकापुर, ४ गते वडा नम्बर २१ स्थित स्वास्थ्य चौकी पुरैना र वडा नम्बर २२ स्थित स्वास्थ्य चौकी पुरैनी, ६ गते वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्र भज्जुपुर्वामा निःशुल्क आँखा शिविर सञ्चालन गरिने डा। बर्माले जानकारी दिनुभयो । शिविरमा आँखा परीक्षण गर्न आउने सर्वसाधारणलाई निःशुल्क परीक्षण गरिनुका साथै आवश्यक औषधी पनि निःशुल्क वितरण गरिँदै आएको डा। बर्माले बताउनुभयो । उहाँका अनुसार शिविरमा मोतीबिन्दु रोग पत्ता लागेका सर्वसाधारणका लागि अस्पतालमा लाग्ने शुल्कको ५० प्रतिशत छुट गरी सहुलियतमा शल्यक्रिया गरिने पनि जानकारी दिनुभयो ।

आँखा अस्पतालले हाल मोतीबिन्दुको शल्यक्रियाका लागि आठ हजार रुपियाँ शुल्क लिँदै आएको र निःशुल्क शिविरमा भेटिएका मोतीबिन्दुका बिरामीहरूका लागि ५० प्रतिशत सहुलियत गरी चार हजार रुपियाँमा मात्र शल्यक्रिया गरिदिने व्यवस्था गरेको डा। वर्माले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ, फत्ते बाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगन्जका सबै वडाहरूमा रहेका आँखाका बिरामीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बर्माले जानकारी दिनुभयो । २३ वटै वडामा करिब दुई हजार जनाको आँखाको परीक्षण गरिने लक्ष्य राखिएको र करिब तीन सय जनामा मोतीबिन्दु रोग फेला पर्ने अनुमान गरिएको उहाँको भनाइ छ । फत्ते बाल आँखा अस्पतालले समय समयमा जिल्लाका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...