मधेश प्रदेशमा संविधान दिवस भव्यतापूर्वक मनाइने

Published on

काठमाडौं । मधेश प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवस मनाउने विषयमा सम्बन्धित सरोकारवालासँग छलफलका लागि शुक्रबार आयोजना गरेको बैठकमा यस प्रकारको निर्णय भएको हो । संविधान दिवसका दिन बिहान ७ वजे मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधामको रमानन्द चौकबाट प्रभात र्‍य ाली निकाल्ने र त्यसको लगत्तै संविधान र सङ्घीयताको विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिने मन्त्रालयका निमित प्रमुख एवम कानुन अधिकृत सन्दीप सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार संविधान दिवसका दिन हुने कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलको संसदीय दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी, चारवटै सुरक्षा निकाय, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहने बताउनुभयो । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको आजको बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशव सुवेदी, मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका कर्मचारीको सहभागिता थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै मधेश प्रदेश सरकारका कानुनमन्त्री लेखीले संविधानको सफल कार्यान्वयन हुँदै गएकोले मधेश प्रदेश सरकारले यस वर्ष संविधान दिवसलाई भव्यताका साथ मनाउन लागिएको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

‘संविधान संशोधन गर्न आवश्यक’

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न...

सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक

काठमाडौं । आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम...

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क

काठमाडौं । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद्...

जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९...