पुलिस र आर्मीको बराबरी

Published on

काठमाडौं । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । पुलिसका लागि अमृता जैसीले ४८औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । त्यसपछि आर्मीकी अमिशा कार्कीले ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बराबरीसँगै पाँच खेलबाट ११ अङ्क बनाएको पुलिस तालिकाको शीर्षस्थानमा छ । समान खेलबाट १० अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...