म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

Published on

काठमाडौं । म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । म्यान्मामा शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ ।

सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पुयाएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु भएको थियो भने दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए । राजधानी न्यापितको बाहिरी भागलगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेका छन् ।

पहाडी क्षेत्रमा धेरै स्थानमा पहिरो गएका खबर आएको छ । त्यहाँ सडक र पुलमा क्षति पुगेको छ भने फोन तथा इन्टरनेटको लाइन बन्द हुँदा सूचना सङ्कलन गर्न कठिन भएको छ । मध्य र दक्षिणी म्यान्मा हुँदै बग्ने सिताउङ र बागो नदीमा पानीको सतह आइतबार पनि खतराको तहभन्दा माथि रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । म्यान्माका अधिकारीहरूले विस्थापितलाई राख्नका लागि ८२ वटा ‘राहत शिविरहरू’ खोलेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

थाइल्याण्डको मौसम कार्यालयले मेकोङ नदीको छेउछाउका प्रान्तहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ। द्वन्द्वका कारण २७ लाखभन्दा बढी मानिस विस्थापित भएको म्यान्मामा आँधीका कारण आएको बाढी र डुबानले थप सङ्कट निम्त्याएको छ । म्यान्मारको जुन्टा प्रमुखले बाढीसँग जुध्नका लागि विदेशी सहयोगका लागि दुर्लभ अनुरोध गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । सेनाले यसअघि पनि विदेशबाट आउने मानवीय सहायतालाई रोकेको वा दुरूत्साहित गरेको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...