बोल्न छाडेर बालक खेलाएपछि…

Published on

काठमाडौं । बाल अधिकारका लागि विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार ६० औँ राष्ट्रिय बाल दिवस, २०८१ मनाइयो । त्यसै अनुरूप नेपाल बाल सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमको माहोल भने भिन्नै रह्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उहाँले बोल्ने तयारी गर्नै लाग्दा एक बालक मञ्चको नजिकै देखा पर्नुभयो । त्यसपछि प्रधानमन्त्री ओलीले तत्काल आफ्नो बोल्ने पालो छाडेर ती बालकलाई काखमा राखेर निकैबेर खेलाउनुभयो । त्यसपछि आफैँले माइक अन गरेर निकै बेर बोल्न लगाउनुभयो । उहाँले बाबा, ममी, दिदी जस्ता सम्बोधन गर्न लगाई अरू पनि बोलाउने प्रयास गर्नुभयो । हेर्दा झलक्क घरमा हजुरबुवा हजुरआमाले काखमा खेलाए जस्तै खेलाएर बालकलाई माइकमा बोलाउने प्रयास गर्दा ती बालक पनि रत्तिएका थिए । बालकसँग प्रधानमन्त्रीको त्यस्तो व्यवहारलाई कार्यक्रममा उपस्थित अन्य बालबालिका र अरू सहभागीहरू पनि रुचिपूर्ण अवलोकनमा थिए ।

हुन त प्रधानमन्त्रीको बालबालिकाप्रतिको यो रुचि पहिलो होइन । यस्तै व्यवहारका कारण उहाँलाई बा १ भनेर सम्बोधन गर्ने जमात ठुलो छ । उहाँले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा मात्र होइन, समाजका विभिन्न वर्गका बालबालिका, युवाले पनि प्रधानमन्त्री ओलीलाई बा नै भन्छन् । त्यसमा अध्यक्ष ओली प्रायः पार्टीका कार्यकर्तालाई छोराछोरी भनेरै आत्मीय दर्साउनु हुन्छ, तिनै बालबालिकासँग रमाउनु हुन्छ र ज्ञानका कुरा बाँड्नु हुन्छ । उहाँको त्यस्तो ज्ञान बालबालिकाका लागि मात्र नभई अन्य वर्गका लागि पनि मार्गदर्शक हुने गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बालबालिकालाई कुटपिट, हप्कीदप्की, डरत्रास, गालीगलौज केही गर्न नहुने सुझाव दिनुभयो । “घरमा बुवाआमाले जानअन्जानमा छोराछोरीलाई बदमास वा फटाहा भन्छन् । स्कुलमा शिक्षकले यो विद्यार्थी धेरै फटाहा छ, बदमास छ भन्छन् । बुवाआमाले नै बदमास र फटाहा छ भन्देपछि कसका लागि सद्दे हुने भन्ने हुन्छ, बालबालिका झन् बिग्रन्छन्,” उहाँले भन्नुभयो, “बालबालिका कोही बदमास र फटाहा हुँदैनन् । ज्ञानी छ, सक्षम छ, यो गर्न सक्छ भनेर माया गर्‍यो, भन्यो भने राम्रो गर्न सक्छन् ।” प्रधानमन्त्री ओलीले आफू बालक हुँदा ज्ञानी छ, राम्रो गर्न सक्छ भन्ने भएपछि धेरै राम्रो काम गर्न प्रेरणा मिलेको स्मरण गर्नुभयो । उहाँले बालबालिका कोही फटाहा वा बदमास नहुने भएकाले अभिभावकले राम्रो व्यवहार गरेमा सज्जन र राम्रो काम गर्न उत्साहित हुने बताउनुभयो ।

उहाँले बालबालिकासामु कहिल्यै झुटो कुरा बोल्न नहुने बताउनुभयो । कहिलेकाहीँ बुझ्ने बालबालिकाले समेत गल्ती गर्न सक्ने बताउँदै उहाँले सम्झाएर जति काम गर्न सकिन्छ त्यति गाली गरेर केही गर्न नसकिने प्रस्ट पार्नुभयो । प्रधानमन्त्रीले ठुलो सङ्ख्यामा बालबालिका बेसहारा र अभिभावकविहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएकाले यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट पार्नुभयो । उहाँले ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउन आफ्नातर्फबाट सहयोग रहनेमा जोड दिनुभयो ।

“बाल्यकालदेखि नै बालबालिकाले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बाल अधिकारका सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिका अभिभावकविहीन भएर कोही बालबालिका सडकमा रहन सक्दैनन् भनेर भनेको थिएँ,” उहाँले भन्नुभयो, “उनीहरूले आफ्नो नैसर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनु पर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नु पर्छ ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...