सिटी र चेल्सीले जित्दा लिभरपुल नटिंघमसँग घरमै स्तब्ध

Published on

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले जित निकाल्दा उपाधि दावेदार टोली लिभरपुल भने घरेलु मैदानमै नटिंघम फरेस्टसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो । सिटीले पुनरागमन जित निकालेको हो । सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले गर्नुभयो ।खेलको पहिलो मिनेटमै योने विसले गोल गर्दै ब्रेन्टफोर्डको उत्साह जगाउनुभएको थियो । तर हालान्डले १९औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । उहाँले ३२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई जिताउनुभयो । दोस्रो हाफमा दुवै टोलीले राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् । लगातार चौथो जितसँगै १२ अङ्क बनाएको सिटी शीर्षस्थानमा छ । पराजित ब्रेन्टफोर्ड ६ अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै अर्को खेलमा चेल्सीले बर्नमाउथलाई १–० गोलले हरायो । लिगका दोस्रो जित निकाल्न चेल्सीका लागि खेल सकिन चार मिनेटअघि क्रिष्टिफर एनकुन्कुले निर्णायक गोल गर्नुभयो । जितसँगै चार खेलबाट सात अङ्क बनाएको चेल्सी सातौँ नै स्थानमा छ । पराजित बर्नमाउथ पाँच अङ्कसहित ११औँ स्थानमा छ । यस्तै लिभरपुल घरेलु मैदानमा नटिंघम फोरेष्टसँग १–० गोलले स्तब्ध बन्यो । पाहुना टोली नटिंघमको जितमा कलम हुडसन ओडोइले ७२औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । हारसँगै लिभरपुलले सिटीसँग अङ्क बराबर गर्ने अवसर गुमायो । हारपछि नौ अङ्क बनाएको लिभरपुल दोस्रो स्थानमा छ । एस्टन भिल्लाको पनि नौ अङ्क छ । भिरपुललाई हराएको नटिंघम आठ अङ्क जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा म्यानचेस्टेर युनाइटेडले साउथह्याम्पटनलाई ३–० गोलले हराएको छ । जितसँगै चार खेलबाट ६ अङ्क बनाएको युनाइटेड १०औँ स्थानमा छ । अङ्कविहीन साउथह्याम्पटन १९औँ स्थानमा छ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...