रामबाबु ज्ञान पुरस्कार प्रदान

Published on

काठमाडौं । नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।

रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सो पुरस्कार प्रदान गरेको हो । कोषका अध्यक्ष ध्रुव नेपालका अनुसार २०७३ सालमा दर्ता भएको नीलसागर सेवाश्रमले वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिलाई भोजन, आवास, औषधी उपचारको प्रबन्ध गरी मर्यादित जीवनको अवसर प्रदान गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण गर्दै शिक्षादीक्षाको प्रबन्ध मिलाएकाले पुरस्कृत गरिएको हो ।

इटहरीको मायाघर नेपाल (अध्यक्ष सुभद्रा प्याकुरेल), काठमाडौँ गोकर्णेश्वरको अपाङ्ग पुनस्र्थापना केन्द्र (अध्यक्ष उदयबहादुर लिम्बू) र काठमाडौँ टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपाल (अध्यक्ष विनीता अर्याल) लाई रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कार जनही एक लाख रुपियाँ राशिको छ । गोरखापत्र

ताजा समाचार

‘संविधान संशोधन गर्न आवश्यक’

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न...

सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक

काठमाडौं । आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम...

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क

काठमाडौं । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद्...

जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९...