रामबाबु ज्ञान पुरस्कार प्रदान

Published on

काठमाडौं । नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।

रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सो पुरस्कार प्रदान गरेको हो । कोषका अध्यक्ष ध्रुव नेपालका अनुसार २०७३ सालमा दर्ता भएको नीलसागर सेवाश्रमले वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिलाई भोजन, आवास, औषधी उपचारको प्रबन्ध गरी मर्यादित जीवनको अवसर प्रदान गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण गर्दै शिक्षादीक्षाको प्रबन्ध मिलाएकाले पुरस्कृत गरिएको हो ।

इटहरीको मायाघर नेपाल (अध्यक्ष सुभद्रा प्याकुरेल), काठमाडौँ गोकर्णेश्वरको अपाङ्ग पुनस्र्थापना केन्द्र (अध्यक्ष उदयबहादुर लिम्बू) र काठमाडौँ टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपाल (अध्यक्ष विनीता अर्याल) लाई रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कार जनही एक लाख रुपियाँ राशिको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...