सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने

Published on

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई संशोधन गरेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउन लागेको हो । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । तर, मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण सो बजेट प्रदेश सभाबाट पास हुन सकेन ।

तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिलेसम्म बजेटविहीन छ । प्रदेश सरकारले चाँडै बजेट ल्याउने भने पनि विविध कारणवश ढिलाइ हुन गएको स्वीकार्दै मुख्यमन्त्री कमलबहादुर शाहले आज बजेट प्रस्तुत हुने केही दिन अगाडि पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको थियो । अघिल्लो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता सदनबाट पास भएकाले त्यसैको आधारमा रहेर सामान्य पुनरावलोकन गरी बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ । बजेट सार्वजनिक गर्नका लागि आज दिनको ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभामा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्नु हुने छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...