कर्मचारी सञ्चय कोषले मनायो ६३ औं वार्षिकोत्सव

Published on

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा। हरिप्रसाद लम्सालले सञ्चयकोषलाई प्रविधिमैत्री बनाउन आग्रहसहित यसको पहुँच विस्तार गर्न सुझाव दिनुभयो ।

कोषको सेवामा विविधिकरण हुनुपर्ने भन्नुहुँदै उहाँले थप्नुभयो, “सञ्चयकोष हाम्रै हो, हाम्रो लागि काम गर्छ, हाम्रै हितमा काम गर्छ भनेर बुझाउन जरुरी छ ।” यसैगरी, कार्यक्रममा सचिव वेदप्रसाद भण्डारीले कर्मचारी सञ्चय कोषले दिँदै आएको सुविधामा सहुलियत प्रदान गर्न आग्रह गर्नुभयो । त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्रले कर्मचारी सञ्चयकोष सञ्चयकर्ताको आशा, भरोसाको रुपमा रहेको बताउनुभयो । कर्मचारीको अवकाशपछि सञ्चय कोषले एकमुष्ट रुपमा सञ्चय कोष भुक्तानी दिने गरेको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताउनुभयो । उहाँले निवृत्तिभरण भने आजीवन प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

नेपालमा पाँच लाख ५० हजार बचतकर्ताका छ खर्ब (नेपालको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत) रकम कर्मचारी सञ्चय कोषले परिचालन गरिरहेको जनाइएको छ । यस कार्यालयबाट गत आर्थिक वर्षमा ५३ हजार ८६५ जना बचतकर्ताले सापटी सेवा लिएको प्रमुख लम्सालले जानकारी दिनुभयो । दिवसको अवसरमा विभिन्न खेलमा प्रथम भएका कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कर्मचारीका अवकाशपछिको जीवनलाई सहज बनाउने उद्देश्यका साथ नेपालमा २०१९ सालमा कर्मचारी सञ्चयकोषको स्थापना भएको थियो । धनगढीमा शाखा कार्यालय भने २०६१ सालमा स्थापना भएको हो । यो शाखाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कर्मचारीलाई सेवा प्रदान गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...