सुदुरपश्चिममा बुढी पोल्ने पर्व मनाईंदै

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । डडेल्धुरा लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यो पर्व धुमधामका साथ मनाईंदै आएको छ । राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको दिनको सम्झनामा भाद्र संक्रन्तिका दिनमा लिंगो ठढाई बारिएको बन्ढुनी अर्थात् बुढीलाई असोज संक्रान्तिका बेलुकी, राती पोलेर बन्ढुनी पर्व मनाईने गरिन्छ । यहाँका सबै गाउवस्तिहरुमा यस दिन बुढी पोलेपछि देउडा खेल खेल्ने परम्परा रहिआएको छ । यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मिक विश्वास छ । बुढी पोल्ने दिन गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको सल्लाको दियालोले राँको बनाएर राख्ने गर्दछन् । बेलुकी पख गाईबाच्छिी पाल, बुढी निकाल, थुई बुढी थुई भन्दै काक्र मुखमा हालि फाल्दै जलाउने चलन छ । बुढी पोल्नुअघि कासको गौरा बनाई गोबर थुपारिएको माथि राखिन्छ । बारीमा भएका फलफूलका प्रत्येक रुखहरुमा कासको लुडी बनाई राख्ने चलन पनि छ । यसो गर्दा फलफूलका रुखहरु नसुक्ने र राम्रो फल लाग्ने जनविश्वास रहिआएको पण्डित टेकराज भट्टले बताउनुभयो ।

दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास छ । यसै पर्वका अवसरमा डडेल्धुराका विभिन्न स्थानमा सांस्कृति कार्यक्रमको आयोजनसमेत गरिँदै आएको छ । सदियौँदेखि धार्मिक, तथा सांस्कृतिक महत्व बोकेको बन्ढुनी पर्व हरेक वर्षको असोज १ गतेका दिन मनाइने गरिन्छ । अमरगढी नगरपालिका ७ को पोखरा बजारमा यस दिन रातभरि देउडा खेल खेल्ने चलन छ । पोखराको तिलाडी पर्केउडा र भाटागाउँबाट बाजागाजासहित धामी कामेर सल्लाको दियालोको राँको बनाई बिहान ४ बजेको समयमा बन्ढुनी पोल्ने चलन रहेको धामी लक्ष्मण कैनीले बताउनुभयो । उहाँका अनुसार सहित देवि देवताका नारा लाउदै बाँजागाँजासहित बुढी पोल्ने चलन रहिआएको छ ।

कतैकतै बुढी जलाइसकेपछि वारीपारी गाउँका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको उहाँले बताउनुभयो । बन्ढुनी पर्व मनाउन स्थानीयहरुले बिहानैदेखि नुवाई, धुवाई गर्ने गर्छन् । असोज १ गतेदेखि नै शरदऋतुको आगमन भएको मानिन्छ । बुढी पोली सकेपछि राती वा भोली पल्ट बिहानसम्म पानी परे गाई अर्थात लक्ष्मीले जित्ने र पानी नपरे बुढीले जित्ने भन्ने भनाइ पनि रहेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...