लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस्

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) नेपालका नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “त्यतिमात्र होइन भूकम्प, कोरोनाजस्ता विपदका बेला यी रेडियोहरूको भूमिका विपदका साथीका रूपमा रहेको थियो, यसका लागि म तपाईंहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सामुदायिक रेडियोको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रयोगको तीव्र होडबाजीले तथ्यहिन र भ्रामक सूचना संप्रेषण हुनसक्ने अहिलेको चुनौतिको सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना संप्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्बाध उपयोगको वातावरण बनाउन र प्राप्त लोकतन्त्रप्रति जनताको भरोसा जगाउन आगामी दिनमा अझै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साक्षर मात्र होइन सञ्चारका अरु साधनको पहुँच नभएका निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चार माध्यम भएको बताउनुभयो । सामुदायिक रेडियो अभियानले विभिन्न भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...