नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित

Published on

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था ९एनजिओ० र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ । लामो द्वन्द्व सँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथाशिग्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ । विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालिकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

ओसिएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षतिग्रस्त हुँदा तीन लाख मानिसहरू विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्त्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन् । “सरकारी प्रयासको समर्थनमा, राष्ट्रसङ्घ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी, सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धीकरण “ट्याब्लेटहरू” प्रदान गरिरहेको कार्यालयले उल्लेख गरेको छ । ओसिएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट छ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ ।

कार्यालयका अनुसार पीडितहरूको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ ।

बाढीका कारण नाइजेरियामा तीन करोड बिस लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ । कार्यालयका अनुसार बाढीका कारण “बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन् भने दुई लाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् । खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीको क्षतिले थप चिन्ता थपिएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...