राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी घोषणा

Published on

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गर्नुभएको छ । मङ्गलबार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो ।

संयोजक महतोले कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताउनुभयो । उहाँले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने जानकारी दिनुभयो । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब आठ महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...