अन्तर वडा फुटसल सुरु

Published on

काठमाडौं । काठमाडौँ, महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा काठमाडौँ महानगरपालिकाले आयोजक वडा नं २३ लाई टाइब्रेकरमा २–१ गोलले हरायो । पहिलो दिन भएका अन्य खेलमा वडा नं २ र वडा नं ६ ले पनि जित हासिल गरे ।

काठमाडौँ महानगरपालिका र वडा नं २३ ले निर्धारीत समयको खेलमा १–१ को बराबरीमा खेलेका थिए । अनुप प्रधानले काठमाडौँ महानगरपालिकालाई अग्रता दिलाउनुभएको थियो । वडा नं २३ का राजीव चित्रकारले बराबरी गोल गर्नुभयो त्यसपछि जित हारको छिनोफानोका लागि भएको पेनाल्टी सुटआउटमा काठमाडौँ महानगरपालिकाले जित हासिल गरी प्रिक्वाटरफाइनलमा स्थान बनाए । सो खेलमा अनुप म्यान अफ दि म्याच बन्नुभयो । दोस्रो खेलमा वडा नं ९ ले वडा नं २७ लाई २–० गोलले हरायो । विजयी टिमका लागि दुवै गोल मिङमा लामा तामाङले गर्नुभयो । मिङमानै म्यान अफ दि म्याच चुनिनुभयो । तेस्रो खेलमा वडा नं ६ ले वडा नं ११ लाई ३–२ गोलले निराश बनायो ।

वडा ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारी तथा वडा नं ११ का जनक कोइारला र रितेश महतोले गोल गर्नुभयो । सो खेलमा वडा ६ का केशवले म्यान अफ दि म्याचको पुरस्कार पाउनुभयो । यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...