रास्वपाको राष्ट्रिय भेला : सभापति लामिछानेको राजनीतिक प्रतिवेदन अनुमोदन गरिने

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन अनुमोदन गरिने भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मङ्गलबारदेखि कमलादीमा सुरु भएको राष्ट्रिय भेलामा विभान, सङ्गठनलगायतका सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको भन्नुहुँदै बुधबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
प्रमुख सचेतक परियारले भन्नुभयो, “दुई दिनको पहिलो राष्ट्रिय परिषद्को भेला हो । यसमा आज विभिन्न समूह बनाएर छलफल चल्छ । र भेलाले त्यसलाई अनुमोदन गर्छ ।” यसैगरी, रास्वपा सांसद मनिष झाले भेलामा मुख्यगरी लिडरसिप एकेडेमिकको विषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।

सांसद झाले भन्नुभयो, “विशेष यो अभियान डिलरसिप एकेडेमिक, त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन यी तीन कुरा छ । अभियान चाहिँ राजनीतिक रुपमा अगाडि बढ्नका लागि के कस्ता अभियानहरु चाहिन्छ, त्यस्तो एउटा अभियान घोषणा गर्ने ।” उहाँले लिडरसिप एकेडेमिकका सन्दर्भमा राजनीतिज्ञका लागि पनि योग्यता एवम् दक्षताको विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पुलिसले जागिर खान ६ महिना तालिम लिनुपर्छ, तर राजनीतिज्ञले चाहिँ चाहेको दिनदेखि सबै जानेको जस्तो हुन्छ । कुनै तालिम लिनुपर्छ भन्ने कुरा छैन ।” उहाँले भेलाले एकता एवम् उत्साहजनक रुपमा साङ्गठनिक भएर अघि बढ्ने सन्देश दिने बताउनुभयो । रास्वपाको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला बुधबार सकिँदैछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...