बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो

Published on

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ । काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ । बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् । रासस

ताजा समाचार

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबिच भेट हुँदै

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मैज्जुबीच मङ्गलबार यहाँ भेटवार्ता...

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाण्डौँ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ...

मौरीपालनबाट वार्षिक चार लाख आम्दानी

काठमाण्डौँ । रुपन्देहीस्थित तिलोत्तमा–४, सुपौलीका स्थायी बासिन्दा धनबहादुर थापाले मौरीपालनबाट वार्षिक चार लाख रुपियाँ...

दिउसोको खाजामा विद्यार्थीलाई स्थानिय उत्पादन दिनु पर्ने

काठमाण्डौँ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्न...