पहिरोमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई राहत रकम दिन समस्या

Published on

काठमाडौं । हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै राहत रकम प्रदान गर्न सकेको छैन । पहिरोमा परि ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी, ११ वर्षका विज्ञान पहरी र खुट्टाको पाइताला मात्रै फेला परेको २३ वर्षकी बिन्दा पहरीको अझै हकवाला पहिचान हुन सकेको छैन । त्यसैगरी पहिरोमा बेपत्ता भएका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरीको पनि राहत रकम बुझ्ने हकवाला पहिचान हुन सकेको छैन ।

पहिरोमा ज्यान गुमाएका मध्ये पाँच जनाको परिवारलाई राहत उपलब्ध गराइसकिएको र बाँकी मृतक तथा बेपत्ताको विधि प्रक्रिया अनुसारको हकवाला पहिचान हुन नसक्दा राहत रकम प्रदान गर्न समस्या भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका सदस्य सचिव किसान न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोमा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ र प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम राहत रकम प्रदान गरियो । मृतक तीन जना र बेपत्ता दुई जनाको विधि र प्रक्रिया अनुसार हकवाला पहिचान हुन नसक्दा राहत रकम दिन समस्या भयो। विधि र पक्रिया अनुसार स्थानीय तहबाट हकवाला पहिचान भएर आएपछि तत्काल राहत रकम उपलब्ध गराउन समस्या छैन ।” हकवाला पहिचान बाहेक मृतक तथा बेपत्ताका परिवारलाई राहत रकम दिने विषयमा अन्य कुनै पनि समस्या नरहेको उहाँले बताउनुभयो ।

पहिरोमा परी ज्यान गुमाएकी ७५ वर्षीया पुड्की पहरीको परिवारले सङ्घीय कोषबाट दुई लाख र प्रदेश कोषबाट एक लाख गरी तीन लाख रुपियाँ राहत रकम पाएका छन् । त्यसैगरी ३० वर्षका सन्दीप पहरी र ११ वर्षका सन्तोष पहरीको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ, ३२ वर्षकी चण्डिका थापा मगर र १८ महिनाका आमोष श्रेष्ठको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ राहत रकम पाएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क स्थित पहरी गाउँमा गत भदौ ९ गते बिहानी पख अविरल वर्षा पछिको पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव भेटिएको थियो भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको थियो । पहिरोमा परेका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरी भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...