सोह्र जनाले चढे मनासलु

Published on

काठमाडौं । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् । सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले भन्नुभयो, “चचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन् ।”

पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्ने तयारीका साथ चुचुरोतर्फ लाग्ने क्रम जारी रहेको जानकारी दिनुभयो । शरद ऋतुमा मनासलुसहित १० वटा हिमालमा आरोहणका लागि बिहीबारसम्म ३६२ जनाले अनुमति लिएको भन्दै उहाँले मनासलु आरोहणका लागि यस पटक २२६ पुरुष र ८२ जना महिला गरी ३०८ जनाले अनुमति लिएको जानकारी दिनुभयो । गत वर्षको यही सिजनमा मनासलु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा पोहर भदौ ३१ गते पहिलो आरोहण भएको थियो ।

विभागका अनुसार यस वर्ष पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, अपि र मकालु गरी १० वटा हिमाल आरोहण अनुमति दिइएको छ । हिमालमा आरोहण अनुमतिबापत चार करोड ५२ लाख ४५ हजार ८४८ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । किलर माउन्टेनको नामले परिचित मनासलु आरोहण सगरमाथा आरोहणअघिको पूर्वतयारीका रूपमा लिइन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...