अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

Published on

काठमाडौं । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ । लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर काउन्टीका शेरिफ मिकी स्टाइन्सलाई लेचर काउन्टीको कोर्टहाउसमा गोली हानेको आरोपमा पक्राउ गरिएको हो । सीबीएस न्यूजका अनुसार उहाँमाथि जानाजानी हत्या गरेको आरोप लगाइएको थियो । प्रहरीका प्रवक्ताले स्टिन्स र न्यायाधीश ५४ वर्षीय केभिन मुलिन्सबिच उहाँको कार्यकक्षमा भएको विवादपछि गोली चलेको बताएका छन् ।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म यसको कारण भने सार्वजनिक गरेका छैनन् । केन्टकीका गभर्नर एन्डी बेशियरले एक्समा एक पोस्टमा न्यायाधीशलाई ताकेर गोली हानिएको पुष्टि गर्नुभएको छ । “दुःखको कुरा, मलाई लेचर काउन्टीका एक जिल्ला न्यायाधीशलाई उहाँकै कोठामा गोली हानेर हत्या गरिएको जानकारी दिइएको छ,” बेशियरले भन्नुभयो । उहाँले लेख्नुभएको छ, “यो संसारमा त्यहाँ राम्रो भविष्यको बाटो छ । धेरै हिंसा छ, र म प्रार्थना गर्दछु कि सबैले राम्रो मार्ग लिनु उचित हुनेछ ।” संयुक्त राज्य अमेरिकामा जनसङ्ख्याभन्दा बढी बन्दुक छन् र बन्दुक हिंसा व्यापक हुनेगर्छ ।

यसै महिनाको सुरुमा केन्टुकी राजमार्गमा एक व्यक्तिले गोली हानेर पाँच जनालाई घाइते बनाएका थिए । १० दिनको खोजीपछि बन्दुकधारीको शव बुधबार फेला परेको हो । सर्वेक्षणले अमेरिकीहरूलाई थप बन्दूक प्रतिबन्धहरूको समर्थन गरेको देखाएपनि बन्दूक राख्न पाउने पक्षमा संवैधानिक संरक्षण र व्यापक दवाव समूहका कारण बन्दूक किन्न र राख्न नपाउने प्रावधानलाई हटाउने राजनीतिक प्रयासले सार्थकता पाउन सकेको देखिँदैन बन्दूक अधिकारको प्रयासहरूले प्रायः कठोर राजनीतिक प्रतिरोधको सामना गर्नुपर्छ । यो मुद्दा प्रायः पछिल्ला अमेरिकी निर्वाचनमा पक्ष वा विपक्षमा मत आकर्षण गर्ने गतिलो एजेन्डा बन्नेगरेको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...