मदन भण्डारी स्मृति प्रतिष्ठानको प्रगति अविस्मरणीय : सभामुख

Published on

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिकुल राजनीतिका कारण मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय खोल्न नसकिएको बताउनुभएको छ ।

मोरङको उर्लाबारी –३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २३ ओैं वार्षिक साधारणसभाको उदघाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सभामुख घिमिरेले प्रतिकुल अवस्थामा स्थापना भएको प्रतिष्ठानले अनुकुलता कायम गर्दै शैक्षिक क्षेत्रमा गरेको प्रगति अविस्मरणीय रहेको बताउनुभयो । पछिल्लो समय नर्सिङ शिक्षा अध्यापनमा आएको समस्या र इन्जिनियरिङको सम्बन्धनमा आएको अडचन समाधान गरेर अघि बढ्नु पर्नेमा जोडदिँदै उहाँले कानुनी अप्ठ्यारा फुकाउन आफूले सहयोग गर्ने बताउनुभयो ।

सर्वसाधारणको पहुँचमा सुलभ ढंगले रोजगार दिनसक्ने दक्ष जनशक्ति उत्पादनमा मदन प्रतिष्ठानको भूमिका उच्च रहेको उल्लेख गर्दै सभामुख घिमिरेले मदन भण्डारीको बिचारमा आधारित शिक्षाले स्वरोजगार बन्न र समृद्ध समाज निर्माण गर्नसक्ने बताउनुभयो । सभामुख घिमिरेले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि ऐन, कानुन निर्माणमा सहयोग गर्ने बताउँदै अब प्रतिष्ठानले सैद्धान्तिक कक्षा पनि सुरु गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओेलीको सभापतित्वमा भएको साधारणसभामा संविधानसभा सदस्य दीपक कार्कीले स्वागत मन्तब्य गर्नुभएको थियो । प्रतिष्ठानले गत वर्ष विभिन्न विषयमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा एमएस्सी सिएमका राजु अन्सारी, बिई सिभिलका रोमन बराल, बिई कम्प्युटरका भुवन घिमिरे र कविराज भण्डारी, डिप्लोमा बाली विज्ञानमा भुमिका खतिवडा, पशु विज्ञानमा मनिष स्याङ्वो तामाङ र सामान्य चिकित्सामा साहिल खान पुरस्कृत हुनुभयो । यस्तै, डिप्लोमा इन सिभिल इन्जिनियरिङमा प्रकृति ढकाल, एलपीएच भेटेरेनरीमा दिलबहादुर कोइराला, पिसिएल नर्सिङमा मनिषा कार्की पुरस्कृत हुनुभयो । यसैगरी प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङमा भावना वास्तोला र प्रियङ्काकुमारी दास हुनुहुन्छ । उहाँहरूलाई सभामुख घिमिरेले मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा नगरपालिका महासंघ कोशी प्रदेश अध्यक्ष दिलप्रसाद राई, उर्लाबारीकी उपमेयर मीना खतिवडा, प्रतिष्ठानका निर्देशक प्रा। विनोद अर्याललगायतले बोल्नु भएको थियो । गोरखापत्र

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...