इजरायलद्वारा अस्पतालमा आक्रमण

Published on

काठमाडौं । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । “इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध गरी अस्पतालका भवनहरुलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताउनु भएको छ । उहाँका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस महिनाको सुरुमा उत्तरी गाजामा नयाँ आक्रमण सुरु गरेको इजरायलले पुन स् समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले यस अघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले “उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरु निरन्तरको आक्रमणका कारण पिडादयी अवस्थाको बीचमा बाँच्न बाध्य रहेको शुक्रबार जनाएकोछ । रासस/एएफपी

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...