सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो एक खेल अगावै सिरिज

Published on

काठमाडौं । अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । जितसँगै सिरिजमा नेपालले २(० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो ।

रोमाञ्चक खेलको निर्धारित २० ओभरमा दुबै टोलीले एक ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो । सोमपाल कामी चम्किएपछि नेपालले सहज लक्ष्य पाएको थियो । सोमपालले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राख्नुभयो । चौंथो बलमा उहाँले आरोन जोनेसको विकेट लिएपछि नेपालले जितका लागि तीन रनको सहज लक्ष्य पाएको थियो । जसमा कप्तान रोहित पौडेलले दुई र कुशल भुर्तेलले एक रन जोड्दै नेपाललाई जिताउनुभयो ।

यसअघि जितका लागि एक सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७० रन जोड्दै बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका लागि एन्ड्रियस गोसले अविजित ६२ रन बनाउनुभयो । उहाँले ४३ बलमा तीन चौका र चार छक्काको सहयागमा उक्त रन बनाउनुभएको हो । सईतेजा मुक्कामल्लाले ४७, मिलिन्ड कुमारले १५ र सायन जहानगिरले १४ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाउनुभयो । उहाँले सात चौका र ६ छक्का हान्नुभएको थियो । यस्तै ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउनुभयो । गुलशन झाले १२ बलमा १९ र कप्तान रोहित पौडेलले १४ बलमा १८ रन बनाउनुभयो । बलिङमा अमेरिकाका नोस्तुश केन्जिके र जसदिप सिंहले दुई दुई विकेट लिनुभयो । सौरभ नेत्राभाल्करले एक विकेट झार्नुभयो । तस्विरःक्यान

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...