गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने

Published on

काठमाण्डौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताउनुभएको छ । युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकाय डब्लुएचओ र यसमा संलग्न युरोपेली मुलुकले उद्धारमा सहजीकरण गर्ने बताउनुभयो । बिहीबार संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले इजरायलले गाजाका स्वास्थ्य संस्थाहरूलाई जानाजानी निशाना बनाएको र त्यहाँका स्वास्थ्यकर्मीहरूको हत्या र यातना दिइरहेको आरोप लगाएका थिए । कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रहरूमा डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले मे महिनामा गाजाबाट लगभग १० हजार मानिसलाई तत्काल चिकित्सा सेवाको लागि बाहिर निकाल्नु आवश्यक रहेको बताएका थिए ।

सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) युरोपले गाजाबाट युरोपका सात वटा देशमा ६०० चिकित्सकीय उद्धारको व्यवस्था गरिसकेको छ । क्लुजले भन्नुभयो, “यदि हामीले वार्ता (खुला) नराखेको भए यो कहिल्यै हुने थिएन ।” “युक्रेनका लागि पनि यही कुरा सत्य हो,” उहाँले भन्नुभयो, “म सबै साझेदारहरूसँग संवाद ९खुला० राखिरहेको छु ।’’ “अहिले युक्रेनको कब्जामा रहेको क्षेत्र डोनबासमा १५ हजार एचआइभी एड्सका बिरामीले एचआइभी एड्सको औषधी लिइरहेका छन्,” स्वास्थ्यलाई राजनीतिकरण नगर्नुको महत्त्वमा जोड दिँदै ५५ वर्षीय बेल्जियनले भन्नुभयो । “सबैभन्दा महत्त्वपूर्ण औषधी शान्ति हो” उहाँले भन्नुभयो, “द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीलाई काम गर्न दिनुपरेको छ ।”

डब्लुएचओका अनुसार फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनका स्वास्थ्य केन्द्रहरूमा करिब दुई हजार आक्रमणहरू दर्ता भएका छन् । उहाँले भन्नुभयो, “एक प्रकारको स्वीकार्यता हुन सक्छ तर यसले हरेक पटक आक्रोश पैदा गर्छ ।” “हामी यसको कडा शब्दमा भर्त्सना गरिरहनेछौं ।” क्लुजले युक्रेनमा तेस्रो पटक हुने युद्धको पूर्वसन्ध्यामा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “नागरिक ऊर्जा ग्रिडको ८० प्रतिशत क्षतिग्रस्त वा नष्ट भएको छ । अस्पतालहरूमा सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेको हामीले देख्यौं, सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेका थिए ।”

“यो जाडो समय बत्तिको अभावमा निकै कठिन हुनेछ,” उहाँले भन्नुभयो । युरोपको स्वास्थ्य सेवा प्रणालीमा तनाव भए पनि डब्ल्यूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाली देशहरू पनि सामेल छन् । यहाँका ५३ देशहरू भविष्यको महामारीको तयारीका लागि एकसाथ आउन तयार रहेको उहाँले बताउनुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...