व्यावसायिक फूलखेती

Published on

काठमाण्डौँ । पश्चिम मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालले व्यावसायिक फूलखेती गर्नुभएको छ । सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने पर्वका रूपमा मानिने तिहारका लागि उहाँले कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएको हो । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै उहाँले सयपत्रीको फूलको खेती गर्नुभएको छ । करिब एक बिगाहा क्षेत्रमध्ये १२ कठ्ठामा ड्रागन फ्रुट लगाएको स्थानमै अन्तरबालीका रूपमा र ८ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको मात्रै खेती गर्नुभएको हो ।

चितवनस्थित ज्योति नगरबाट करिब १८ हजार कलकत्ते प्रजातिको सयपत्री फूलको बिरुवा ल्याएर रोपण गर्नुभएको उहाँको बारीमा अहिले ढकमक्क फूल फुलेको छ । फूलको पर्व तिहारलाई लक्षित गरेर रोपेको सयपत्री दसैँबाट अलिअलि फुल्न सुरु गरेको थियो । तिहार अगावै फुलेका सयपत्री फूलहरू टिपेर उहाँले स्टोर गर्न थाल्नुभएको छ । हावा नछिर्नेगरी प्लास्टिकमा प्याक गरेर राख्दा १५ दिनसम्म फूल जस्ताको त्यस्तै रहने किसान अर्यालको भनाई छ । विगत छ वर्षदेखि तिहारका लागि फूल उत्पादन गर्दै आउनुभएका अर्यालले प्रत्येक वर्ष करिब पाँच लाख बराबरको फूल बिक्री गर्दै आउनुभएको छ । मकवानपुरको मनहरिमा व्यावसायिक फूल खेतीको सुरुवात गर्ने उहाँ पहिलो किसान पनि हुनुहुन्छ ।

उहाँले उत्पादन गर्नुभएको सयपत्री फूल मनहरी, हेटौँडा, नारायणघाट, गोरखादेखि काठमाडौँसम्म जाने गरेको छ । उहाँले सयपत्री फूल प्रतिकेजी तीन सय ५० देखि पाँच रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो । यस वर्षको तिहारमा उहाँले सयपत्री बिक्रीबाट पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाउनुभएको छ । व्यावसायिक फूल खेतीसँगै उहाँले कागती, ड्रागन र कुरिलो खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । विषादी, रासायनिक मल र कुनैपनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेर वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...