व्यावसायिक फूलखेती

Published on

काठमाण्डौँ । पश्चिम मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालले व्यावसायिक फूलखेती गर्नुभएको छ । सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने पर्वका रूपमा मानिने तिहारका लागि उहाँले कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएको हो । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै उहाँले सयपत्रीको फूलको खेती गर्नुभएको छ । करिब एक बिगाहा क्षेत्रमध्ये १२ कठ्ठामा ड्रागन फ्रुट लगाएको स्थानमै अन्तरबालीका रूपमा र ८ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको मात्रै खेती गर्नुभएको हो ।

चितवनस्थित ज्योति नगरबाट करिब १८ हजार कलकत्ते प्रजातिको सयपत्री फूलको बिरुवा ल्याएर रोपण गर्नुभएको उहाँको बारीमा अहिले ढकमक्क फूल फुलेको छ । फूलको पर्व तिहारलाई लक्षित गरेर रोपेको सयपत्री दसैँबाट अलिअलि फुल्न सुरु गरेको थियो । तिहार अगावै फुलेका सयपत्री फूलहरू टिपेर उहाँले स्टोर गर्न थाल्नुभएको छ । हावा नछिर्नेगरी प्लास्टिकमा प्याक गरेर राख्दा १५ दिनसम्म फूल जस्ताको त्यस्तै रहने किसान अर्यालको भनाई छ । विगत छ वर्षदेखि तिहारका लागि फूल उत्पादन गर्दै आउनुभएका अर्यालले प्रत्येक वर्ष करिब पाँच लाख बराबरको फूल बिक्री गर्दै आउनुभएको छ । मकवानपुरको मनहरिमा व्यावसायिक फूल खेतीको सुरुवात गर्ने उहाँ पहिलो किसान पनि हुनुहुन्छ ।

उहाँले उत्पादन गर्नुभएको सयपत्री फूल मनहरी, हेटौँडा, नारायणघाट, गोरखादेखि काठमाडौँसम्म जाने गरेको छ । उहाँले सयपत्री फूल प्रतिकेजी तीन सय ५० देखि पाँच रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो । यस वर्षको तिहारमा उहाँले सयपत्री बिक्रीबाट पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाउनुभएको छ । व्यावसायिक फूल खेतीसँगै उहाँले कागती, ड्रागन र कुरिलो खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । विषादी, रासायनिक मल र कुनैपनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेर वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । गोरखापत्र

ताजा समाचार

दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी : अध्यक्ष दाहाल

काठमाण्डौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट...

आठौँ मण्डली कप हुने

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने...

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने...

तिहार नजिकिएसँगै मादल बनाउने चटारो

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ...