पोलियो उन्मूलन गर्ने अभियानमा संलग्न हुन स्वास्थ्यमन्त्रीको आग्रह

Published on

काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोलियो उन्मूलन गर्ने विश्वव्यापी अभियानमा संलग्न हुन अनुरोध गर्नुभएको छ । विश्व पोलियो दिवसको अवसरमा मन्त्री पौडेलले भिडियो सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो । मन्त्री पौडेलले पोलियो उन्मूलन गर्ने अभियानमा आफ्ना बालबालिकालाई एक वर्षको उमेरभित्र एकरएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाएर संलग्न हुन आग्रह गर्नुभएको हो । सरकारले राष्ट्रिय खोप तालिकामा पोलियो खोप समावेश गरेर १४ र नौ महिनाको उमेरमा एक एक पटक लगाउने व्यवस्था गरेको छ ।

संसारबाट पोलियो रोग उन्मूलन नभएसम्म पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने हुँदा बालबालिकालाई सरकारले प्रदान गर्ने सम्पूर्ण खोपहरुको पूर्ण मात्रा लगाएर सुरक्षित गर्नु गराउन मन्त्री पौडेलको अनुरोध छ । मन्त्री पौडलेका अनुसार अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापर्नुका साथै कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरसहरु देखिएको हुँदा पोलियोको जोखिम कायम नै छ । हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको मन्त्री पौडेलको भनाइ छ ।

पोलियो कस्तो रोग हो ?
चिकित्सकका अनुसार पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । यो रोग लाग्यो भने गम्भीर किसिमका लक्षण जस्तै पक्षघात हुनुका साथै बिरामीको मृत्यु हुनसक्छ । पोलियो रोग दूषित खाना र पानीको माध्यबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई पनि लाग्न सक्ने उहाँ बताउनुहुन्छ । तर पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । चिकित्सकका अनुसार यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यो रोगको हालसमम कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय पोलियो खोप हो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...