बालविवाहको आरोपमा आठ पक्राउ

Published on

काठमाण्डौँ । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतरामा विदेशी नागरिकसँग बालविवाह गराउने बेहुलीका बाबुसहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बालविवाह गराउने बेहुलीका बुवा ३९ वर्षीय लोकबहादुर परियारसहित आठ जनालाई पक्राउ गरेको हो ।

सुनसरीको वराहक्षेत्र नगरपालिका(१ चतराबाट असोज ३० गते गते गिरफतार गरेर सार्वाजनिक गरिएको हो । बालिकालाई चीनको हुबेल बस्ने ३३ वर्षीय ली टेङ्सँग बालविवाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका सहभागीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको डिएसपी तिमल्सिनाले बताउनुभयो । छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु ३९ वर्षीय लोकबहादुर परियार, बेहुला चिनियाँ नागरिक लि टेङ्, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीया दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २० वर्ष नपुगी विवाह गर्न(गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ । ”नेपाली युवतीसँग विवाह गर्नुको कारण खुलेको छैन”, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भन्नुभयो, ”घटना शङ्कास्पद छ । लमीको प्रयोग गरेर नै विवाह गर्न खोजिएको छ ।” व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चिनियाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...