सशस्त्र प्रहरीलाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छः गृहमन्त्री लेखक

Published on

काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराउनुभयो ।

‘‘सशस्त्र प्रहरी बल, नेपाललाई सिमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुता बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरु हाम्रा साझा जिम्मेवारीहरु हुन् । हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भएमात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ ।’’ उहाँले दीक्षित प्रहरीहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु होला । सदाचारयुक्त, योग्य, सकारात्मक सोँच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृतको रुपमा राष्ट्रसेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छौँ । यसले थप सबल, सक्षम र व्यवसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ ।’’ उहाँले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने भन्दै राष्ट्र सेवामा जोश र ऊर्जाका साथ लाग्न निर्देशन दिनुभयो ।

ताजा समाचार

अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न...

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा...

प्याजमा मल छर्दै किसान

काठमाडौँ । नवलपुरको मध्यबिन्दु–१ मा गरिएको प्याज खेतीमा मल छर्दै किसान । नवलपुरमा प्रधानमन्त्री...

भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै

काठमाडौँ । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा...