पर्यटन सम्भावनामा हुम्ला अब्बल : मुख्यमन्त्री कँडेल

Published on

काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुग्नुभएको छ । प्रदेशको नीति कार्यक्रमअनुसार हुम्लाको वस्तुस्थिति बुझ्न यहाँ पुगेको बताउनुभयो । उहाँले हुम्ला पर्यटकीय हिसावले सबैभन्दा अब्बल जिल्ला भएको बताउनुभयो । हुम्लामा दृश्यवालोकनका लागि होइन् यहाँको वास्तविकता, यहाँका जनजिविकाको सवाल, विकास निर्माण, कृषि सम्भावनालगायत यावत विषयवस्तु बुझ्नका लागि हुम्ला पुगेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल कार्य समिति हुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले भन्नुभयो, प्रदेशले पास गरेका जिल्ला तहमा कार्यान्वय गर्नुपर्ने सम्बन्धित स्थानीय तहका योजनाको संस्थागत जानकारी कार्यान्वयनको समन्वयका लागि आफू हुम्ला आएको बताउनुभयो

बजेट ल्याउँदा र बजेट कार्यान्वयनको अवस्था बुझ्न हिमाली जिल्ला हुम्ला पुगेको उहाँको भनाइ छ । हुम्ला कर्णाली प्रदेशको दश वटै जिल्लामध्येको एकमात्र पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले आर्थिक सम्वृद्धिको सम्भावना बोकेको जिल्ला रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ । यस्तै, मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतसँग सिधै हवाई उडानका लागि पहल भइरहेको बताउनुभयो । त्यसैगरी जिल्लामा हुने नियमीत हवाई उडानको समस्याका विषयमा पनि आफु जानकार रहेकाले यसका लागि पहल गर्ने आश्वासन दिनुभयो । सुर्खेत हुम्ला नेपाल एयरलाइन्सको नियमीत उडानका लागि संघीय सरकारसँग पनि पहल हुने उहाँले बताउनुभयो । अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न प्रदेश सरकारले भूमिका खेल्ने उहाँले बताउनुभयो । हुम्लाको विकास र यहाँका जनताको समृद्धिका लागि प्रदेश सरकार तत्पर रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कँडेलसँगै हुम्ला पुग्नु भएका भौतिक पूर्वधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढाले सदरमुकाम सिमकोट जोड्नका लागि ठूलो समस्याको रुपमा रहेको खार्पुदभोन कर्णाली नदीको पुल निर्माणका लागि आफुले सक्दो पहल गर्ने आश्वासन दिनुभयो । सडक निर्माणका क्रममा देखिएका विभिन्न समस्या र ढिलाइलाई चाँडो निर्माण सम्पन्न गर्नका लागि निर्देशन दिनुभयो । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री विजय बुढा बोहराले सिमकोटमा देखिएको खानेपानी समस्यालाई आफ्नो मन्त्रालयले तत्काल समाधान गर्ने आश्वासन दिनुभयो । आफु यहाँका स्थानीय भएर हुम्लाको खानेपानी, सिँचाइ लगायत समस्या समाधान गर्नमा लाग्ने मन्त्री बुढाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...