मलद्वारभित्र लागुऔषध लुकाउने व्यक्ति पक्राऊ

Published on

काठमाण्डौँ । चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीको निगरानीबाट छलिन र नयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका लागुऔषध कारोबारीहरुले पछिल्लो समयमा मलद्वारभित्र लागुऔषध लुकाएर ल्याउने गरेको पाइएको छ । यसैक्रममा झापाको शिवसताक्षी नगरपालिकाका छबिलाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति साढे ८ बजेतिर काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर काँकडभिट्टातर्फ आउँदै गरेका शिवसताक्षी वडा ८ बस्ने ३८ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीले जाँचगर्दा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...