मलद्वारभित्र लागुऔषध लुकाउने व्यक्ति पक्राऊ

Published on

काठमाण्डौँ । चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीको निगरानीबाट छलिन र नयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका लागुऔषध कारोबारीहरुले पछिल्लो समयमा मलद्वारभित्र लागुऔषध लुकाएर ल्याउने गरेको पाइएको छ । यसैक्रममा झापाको शिवसताक्षी नगरपालिकाका छबिलाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति साढे ८ बजेतिर काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर काँकडभिट्टातर्फ आउँदै गरेका शिवसताक्षी वडा ८ बस्ने ३८ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीले जाँचगर्दा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...