जजिराको उडानसँगै एकैसाथ तिन अन्तर्राष्ट्रिय उडान गौतम बुद्ध विमानस्थलबाट

Published on

काठमाण्डौँ । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ । बिहान ७ बजेर ४० मिनेटमा जजिरा एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उदघाटनसँगैं जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैरहवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो ।

सञ्चालनमा आएको दुई वर्षपछि जजिराले पुनः उडान सुरु गरेपछि विमानस्थलमा शनिबार उत्सवको माहौल बनेको छ । शनिबार एकै दिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दै छन् । विमानस्थल व्यवस्थापनले शनिबारलाई विशेष दिनका रूपमा लिएको जनाएको छ । एकै दिन धेरै विमान कम्पनीले उडान थाल्ने भएपछि यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको छ । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिवार मध्यान्हबाट फ्लाई दुबईले उडान थाल्दै छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने उहाँले बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

महाप्रबन्धक तिवारीका अनुसार नेपाल एयरलाइन्सले शनिबार साँझबाट काठमाडौँ–भैरहवा–दुबई उडान सुरु गर्न लागेको छ । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट राति १०.२० बजे भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको विमानस्थलले जनाएको छ । गत भाइटिकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्यान्ह दोस्रो पटक यहाँ अवतरण गरेको थियो । शुक्रबार थाई एयर एसियाको विमान ७ यात्रु बोकेर आएको थियो । यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो । आउने साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...