पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नेपाल आइपुग्यो

Published on

काठमाडौँ । किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० हजारभन्दा बढी खोप आइपुगेको हो ।

कट्टेलले यो अभियानका कूल १७ लाख ७० हजार २० भाइल खोपमध्ये पहिलो चरणमा चार लाख ६० हजार ९४० एचपीभी खोप नेपाल आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी खोप आगामी जनवरी १० भित्र आउने तालिका तय भएको छ । आइसकेका खोपहरुलाई प्रदेशस्थित आपूर्तिकेन्द्रहरुमा पठाउने उहाँले जानकारी दिनुभयो ।

चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्ड एचपीभी खोप ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा आएको हो । सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म अभियानका रुपमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क एचपीभी खोप लगाउने लक्ष्य लिएको छ । नेपालमा वार्षिक करीव दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने विभिन्न अध्ययनले देखाएको छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...