दोहामा गाजा युद्धविराम वार्ता ‘गम्भीर र सकारात्मक’

Published on

काठमाडौँ । इजरायली प्रतिनिधिमण्डल मध्यस्थकर्ताहरूसँग भेट्न दोहा आइपुगेको एक दिनपछि हमासले मङ्गलबार कतारमा भएको वार्ता गाजामा युद्धविराम र बन्धक–कैदी आदानप्रदानलाई लक्षित गरी ‘गम्भीर र सकारात्मक’ भएको बताएको छ ।

“हाम्रा कतारी र इजिप्टका दाजुभाइहरूको नेतृत्वमा दोहामा मङ्गलबार भइरहेको गम्भीर र सकारात्मक छलफलको आलोकमा अधिकृत पक्षले नयाँ सर्तहरू लागू गर्न छोडेमा युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सकिन्छ भनेर हमास पुष्टि गर्दछ”, हमासले विज्ञप्तिमा भन्यो । इजरायली अधिकारीहरू दुई पक्षबीचको अन्तर कम गर्ने उद्देश्यले वार्ताका लागि सोमबार दोहा आइपुगेको एक स्रोतले बताएको छ । इजरायलको मोसाद गुप्तचर एजेन्सीका प्रमुख डेभिड बार्नियाले बुधबार कतारको राजधानीको भ्रमण गरेपछि यो बैठक भएको स्रोतले जनाएको छ ।

कतार, संयुक्त राज्य अमेरिका र इजिप्टले गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि पर्दा पछाडिको कूटनीतिक वार्तामा महिनौँदेखि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । तर गत वर्षको अन्त्यमा लडाइँमा एक हप्ताको विरामबाहेक लगातार वार्ताहरू युद्ध रोक्न असफल भएका छन् । एक साताको युद्धविराममा इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका धेरैलाई रिहा गरिएको थियो ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली वार्ताकारहरू सन् २०२३ नोभेम्बरको युद्धविरामपछि गाजामा बन्धकहरूको रिहाइका लागि ‘सम्झौताको नजिक नभएको’ सङ्केत गर्नुभयो । दोहामा रहेका हमासका एक वरिष्ठ अधिकारीले पनि सोमबार सम्झौताका लागि वार्ता ‘पहिलेभन्दा नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अझै पनि ‘सम्झौतामा बाधा पुर्‍याउन सक्ने’ चेतावनी दिएका छन् । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...