रुसले बनायो क्यान्सरविरुद्धको खोप कति प्रभावकारी

Published on

काठमाडौँ । रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।

मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनका अनुसार क्यान्सरविरुद्धको यो खोप सन् २०२५ देखि प्रारम्भ हुन्छ । खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ । यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ । क्यान्सरविरुद्धको खोप विकास भइसकेको भए पनि यो कुन क्यान्सरको उपचारका लागि बनाइएको हो र कतिको प्रभावकारी छ भन्ने स्पष्ट छैन ।

खोपको नाम पनि खुलाइएको छैन । क्यान्सर रोग विशेषज्ञ डा.सुजिता हिराचनले विभिन्न देशले नयाँ–नयाँ औषधी बनाइरहेको बताउँदै पछिल्लो समयमा रुसमा खोप बनाएको विषयमा आफुलाई थाहा नभएको बताउनुभयो । उहाँ विश्वमा विभिन्न क्यान्सर उपचार गर्न नयाँ–नयाँ प्रविधि उपकरण, औषधीको विकास भएको विश्व स्वास्थ्य सङ्गठनले प्रयोगका लागि सिफारिस गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धेरै देशहरुले विभिन्न थरिका उपकरण औषधीको विकास गरेका छन् । विभिन्न कम्पनिले किमो थेरापीमा प्रयोग गर्ने औषधीको निमार्ण गरेका छन् । हालसम्म विकास भएका औषधी शल्यक्रिया गरे पछि मात्र दिन मिल्छ ।” क्यान्सर विश्वभरनै मृत्युको पहिलो कारण तत्व हो । नेपालमा पनि क्यान्सर रोगका बिरामी बढ्दै गएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...