दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना : ३८ जनाको मृत्यु

Published on

काठमाडौँ । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी (पीआरएफ) ले एएफपीलाई जानकारी दिएको छ । नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ । पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।”

ट्रक चालक घटनास्थलबाट फरार भएको अग्निनियन्त्रकले बताउनुभएको छ । अग्निनियन्त्रकहरूले सुरुमा बिहान ४ बजेतिर बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाएर ट्रकलाई ठक्कर दिएको र पछाडिबाट आएको अर्को गाडीले पनि बसलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनापछि साओ पाउलोबाट उत्तरपूर्वी बहिया राज्यको भिटोरिया दा कन्क्विस्टातर्फ जाँदै गरेको बसमा आगलागी भएको थियो । स्थानीय दमकल विभागका प्रवक्ताले एएफपीसँग भन्नुभयो, “शवको अवस्थाका कारण ठ्याक्कै संख्या यकिन गर्न सम्भव छैन ।” भग्नावशेषबाट जलेको अवशेष निकालेको दमकल विभागले केही घाइतेहरू भित्र फसेको जनाएको छ।

शनिबार बिहान सार्वजनिक गरिएको एक भिडियोमा मिनास गेरैस फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलोन्सो भिएरा जुनियरले भग्नावशेष हटाउन क्रेनको आवश्यकता पर्ने र अझै धेरै पीडितलाई हटाउन बाँकी रहेको बताउनुभएको छ । मृत्यु हुनेमा एक बालक, बसका चालकसहित ३८ जना रहेका छन् । गत नोभेम्बरको अन्त्यतिर ब्राजिलको उत्तरपूर्वी राज्य अलागोसमा एउटा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...