नेपाल र भुटान बराबरीमा रोकिए

Published on

काठमाडौँ । नेपाल र भुटान यु–१९ राष्ट्रिय महिला टोली बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपाल र भुटान १–१ गोलको बराबरीमा रोकिएका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकएिको थियो । ६७औँ मिनेटमा सुशिला केसीले डिबक्स छेउबाट सोझै गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । त्यसपछि ८०औँ मिनेटमा भुटानकी फुन्ट्शो छोडेनले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो । यसअघि, नेपाल र भुटानको महिला यू–१६ टोलीको मैत्रीपूर्ण खेलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित गरेको थियो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...