दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

Published on

काठमाडौँ । दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासुस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो । क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९ः२४ बजे (कोरियाली समय) अनुसार उपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण गरिएको भूउपग्रहले राति ११ः३० बजे विदेशी ग्राउन्ड स्टेशनसँग सञ्चार गर्न सफल भएको र यसले भूउपग्रहको सामान्य सञ्चालनको सङ्केत गरेको जनाएको छ । दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा जासुसी उपग्रहहरू प्राप्त गर्ने योजनाको भागको रूपमा प्रक्षेपण गरेको यो तेस्रो सैन्य उपग्रह हो । दक्षिण कोरिया यसअघि अमेरिकाले उपलब्ध गराएको स्याटेलाइट इमेजरीमा ठुलो मात्रामा भर परेको थियो । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...