भीम रावल आफै पार्टीबाट निक्लिनु भएको हो : महासचिव पोखरेल

Published on

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भीम रावल आफैँ पार्टीबाट निक्लिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उहाँलाई निकालिएको नभई आफैँ छाडेको बताउनुभयो । पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि उहाँ पार्टी सदस्य हुनुभएन । त्यसैले पार्टीले निकालेको होइन आफैँ निस्किनुभएको हो महासचिव पोखरेलले भन्नुभयो । पुस १० गते एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘रावलजीले एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न सक्नुभएन । संसदभित्रको संसदीय ह्विप उल्लङ्घन गर्नुभयो । पार्टी र पार्टीका अध्यक्षविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । त्यसैले पार्टी सदस्य रहनुभएन ।’’ संसद् विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिनुभएको थियो । ‘‘रावलजी आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने गर्नुभएको थियो । अरुमाथि आफूले गर्ने जङ्गी व्यवहार, आफू भने नियममा बस्न पर्दैन ।’’ पोखरेलले भन्नुभयो । पार्टीले रावललाई सुध्रिने अवसर दिए पनि नसुध्रिएपछिको परिणाम भएको उहाँले बताउनुभयो ।

पार्टीको महाधिवेशनमा उपाध्यक्षमा बस्न आग्रह गर्दा मान्नुभएन । केन्द्रीय सदस्यमा पनि पराजित हुनुभयो । ‘‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं । महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं, महासचिव पोखरेलले भन्नुभयो । रावलजी सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताउनुभयो । पार्टी निकट उद्योगी व्यवसायीको राष्ट्रिय भेलालाई सम्बोधन गर्न महासचिव पोखरेल चितवन आउनुभएको हो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...