जापानमा नेपाली पुस्तकालय स्थापना

Published on

काठमाडौँ । विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । नागानो प्रान्तको कोमागाने शहरमा ७ नोभेम्बर २०२४ मा सञ्चालनमा आएको यो पुस्तकालयको स्थापना जापानी नागरिक डा। युकि इतोले गर्नुभयो ।

पुस्तकालयमा नेपालको प्रकृति, संस्कृति, कला, सङ्गीत, धर्म, संस्कार, पर्व र परम्परासँग सम्बन्धित नपाली, जापानी र अङ्ग्रेजी भाषाका पुस्तक सङ्कलित रहेको डा। इतोले जानकारी दिनुभयो । त्यसैगरी नेपालसँग सम्बन्धित स्तोत्रग्रन्थ र विश्वविद्यालयका पिएचडि र एमए तहका थेसिसहरु पनि सङ्कलित छन् । पुस्तकालयको उद्घाटन समारोहमा पुग्नुभएका जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपाली र अङ्ग्रेजी भाषाका पाँच सयभन्दा बढी पुस्तक प्रदान गर्नुभएको छ ।

कोमागाने शहरका नेपाली व्यवसायी तथा समाजसेवी केशर गिरीले उपलब्ध गराएको भवनमा स्थापना गरिएको नेपाल पुस्तकालयले नेपाली र जापानीहरुबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ । नेपाल र नेपालीको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि पुस्तकालयले स्रोतको रुपमा काम गर्ने डा। इतोले बताउनुभयो । साइतामा विश्वविद्यालयका प्रध्यापक डा। युकि इतो नेपालको मुलुकी ऐनमा पिएचडी गर्नुहुने पहिलो जापानी हुनुहुन्छ । १९९० को दशकमा नेपालस्थित जापानी राजदूतावासमा अनुसन्धान अधिकृतको रुपमा काम गरिसक्नुभएकी डा। इतो हिमाली गाउँ मुस्ताङको संस्कृति अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...