इप्सवीच टाउनमाथि लिभरपुलको सहज जित

Published on

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुलले इप्सवीच टाउनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले इप्सवीच टाउनलाई ४–१ गोलले हरायो । पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा अर्को गोल थपेको थियो । लिभरपुलको जितमा काड्यो गोक्पोले ४४ औँ र ६६ औँ मिनेटमा दुई गोल गर्नुभयो । डोमिनिक स्जोबोस्ले ११ औँ र मोहमद ३५ औँ मिनेटमा गोल गर्नुभयो ।

पाहुना टोली इप्सवीचका लागि ज्याकोव ग्रेसले ९० औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै २२ खेलबाट ५३ अङ्क बनाएको लिभरपुल शीर्षस्थानमा यथावत छ । पराजित इप्सवीच १६ अङ्कसहित १८ औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनललको २३ खेलबाट ४७ अङ्क छ । शनिबार राति नै भएको खेलमा आर्सनलले वल्भ्सलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । यस्तै शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ गोलले स्तब्ध बनायो । घरेलु मैदानमा सिटीलाई जिताउन जोस्को ग्वार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गर्नुभयो । चेल्सीका नोनी माडुकेले सान्त्वना गोल फर्काउनुभयो । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...