ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु

Published on

काठमाडौँ । खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौँ का लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुमो राति नै दुर्घटना भएको आँकलन गरिएको छ । बुधबार राति करिब ११ बजेको समयमा च्यास्मिटार प्रहरी बिटले रोक्न अनुरोध गर्दा पनि नरोकी सुमो तीव्र गतिमा गएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...