सिड्नीमा नेपाल झल्किने तस्बिर प्रदर्शनी

Published on

काठमाडौँ । अस्ट्रेलियाका सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्किने तस्बिर प्रदर्शनी गरिएको छ । अस्ट्रेलिया नेपाल न्यूजको ११ औं वार्षिक उत्सवका अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्किने तस्बिर प्रदर्शनी गरेको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिर राखिएका थिए ।

प्रदर्शनी अवलोकन गर्नुहुँदै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । राजदूत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्नुपर्नेमा पनि जोड दिनुभयो । नेपालको विकासमा लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । एन एस डब्लुका वाणिज्यदूत सन्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मेरो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताउनुभयो । राजदूत र वाणिज्यदूतलाई भरतबन्धु थापाले नेपाल झल्किने किताबसमेत प्रदान गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...