सत्ताइस वर्षपछि दिल्लीमा भाजपा

Published on

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो । सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो । यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम आदमी पार्टीलाई भारतीय जनता पार्टीले पराजित गरेको हो । सो पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नमिठो हार चखाउँदै दिल्ली शासन आफ्नो हातमा पार्न भारतीय जनता पार्टी सफल भएको हो । यो जितसँगै भारतीय जनता पार्टीले अब दिल्लीमा आफ्नो सरकार बनाउने बाटो खुलेको छ । उता आम आदमी पार्टी दिल्लीबाट सत्ताच्यूत भएको छ ।

अन्तिम मतगणना जारी रहँदासम्म भारतीय जनता पार्टीले ४८ सिटमा जित हासिल गरिसकेको छ । आम आदमी पार्टीले मात्र २२ सिट जित्न सकेको छ । आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई भारतीय जनता पार्टीका परवेशसिंह वर्माले हराउनुभएको हो । उहाँले ३० हजार २४ मत पाउनुभयो । केजरीवाल यस पटक २५ हजार ९२५ मतमा सीमित हुनुभयो । भारतीय जनता पार्टीका पुराना नेता साहिवसिंह वर्माका छोरा वर्माले केजरीवाललाई हराएपछि उहाँको चर्चा थप चुलिएको छ । उहाँ अब दिल्लीको भावी मुख्यमन्त्रीको दाबेदार बन्नुभएको छ । अरबिन्द केजरीवालले हार स्वीकार गर्दै १० बर्से आफ्नो कार्यकाल दिल्लीको पूर्वाधार विकाससँगै धेरै काम गर्न सकेको दाबी गर्दै जनतालाई धन्यवाद दिनुभयो ।

आम आदमी पार्टीका प्रमुख नेताहरू मनिष सिसोदिया, अवध ओझा र बिबी त्यागीलगायतले पनि हार बेहोर्नुभएको छ । दिल्लीमा सन् १९९८ देखि सन् २०१३ सम्म भारतीय कांग्रेस पार्टीले शासन चलाएको थियो । त्यसपछि उठेको भ्रष्टाचार मुद्दाका कारण केजरीवालको आम आदमी पार्टीले लगातार दुई शासनकाल राज गर्ने अवसर प्राप्त गरेको थियो । दिल्लीमा बुधबार विधान सभा निर्वाचनका लागि मतदान भएको थियो । शनिबारदेखि मतगणना सुरु भएको हो । सात सय उमेदवार सामेल निर्वाचनमा एक करोड बढी मतदाता रहेका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...