खारा ब्यारेक नजिकै भेटियो बम

Published on

काठमाडौँ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेकनजिक फेरि अर्को बम फेला परेको छ । बुधबार बिहान १० बजे त्रिवेणी गाउँपालिका वडा ६ स्थित प्रदिप ओलीको बारीमा बम फेला परेको हो । बारीमा काम गर्ने क्रममा बम फेला परेको ओलीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ओलीको खेतबारीमा काम गर्ने क्रममा बम फेला परेको हो ।

स्थानीयले बमजस्तो देखिने फलामको धातु फेला परेको भनेर सूचना दिए पश्चात प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक टि.एम. सारु मगरको नेतृत्वको प्रहरी टोली र नेपाली सेनाको चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट नेपाली सेनाको एक टोली घटनास्थल गएको छ । सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको र बम डिस्फोजल टोलीसँग समन्वय भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । यसअघि गत माघ २७ गते सोही वडाको बित्तास्थित लालिगुराँस सामुदायिक वन क्षेत्रमा र माघ ३० गते सोही स्थानको पात्लास्थित रमेश ओलीको बारीमा बम फेला परेको थियो । बम डिस्फोजल टेलीले ती बम डिस्फोज गरेको थियो । बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...