एक करोड पुरस्कारको ‘मेरा डान्स र मेरो भ्वाइस युनिभर्स’आयोजना हुने

Published on

काठमाडौँ । विदेशमा रहेको दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोड्ने र कलासंस्कृतिलाई बचाउने अभियानका रूपमा ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । यसको पुरस्कार राशि एक करोड रुपियाँ छ । अस्ट्रेलियाको सिडनीको ग्रानभिलस्थित रातो घरमा यही आइतबारबाट छनोट आयोजना हुने भएको छ । विश्वव्यापी प्रवासी नेपालीहरुको सांस्कृतिक अभियानलाई अगाडि बढाउन सिडनी आइपुगेका आयोजक नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन९इन्ट्रा०का पदाधिकारीहरूले यसलाई विदेशमा रहेका नेपाली भाषीलाई मुलुकसँग जोड्ने एउटा सांस्कृतिक अभियान रहेको बताएका छन् ।

अमेरिकाका भुटानी मुलका नेपाली भाषी व्यवसायी डिल्ली अधिकारीको प्रयासबाट अगाडि बढेको यो अयिभानले यतिबेला करिब ६० देशमा छरिएर रहेका नेपाली मुलका कलाकारलाई समेटेर नेपालमा भव्य कार्यक्रमका साथ फाइनल चरणको आयोजना गर्दै आएको छ । यो डान्स तथा भ्वाइस युनिभर्सको दोस्रो संकरण हो । यसअघि सन २०२३ मा पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको थियो । यस पटक मेरो भ्याइसका लागि गायक दिप श्रेष्ठ, सङ्गीतकार सुरेस अधिकारी, शिव परियार र पुष्पन प्रधान तथा अन्जु पन्तले निर्णायकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ भने नृत्य विधामा भने मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर बीसी, कबिराज गहतराज र किरण थापा निर्णायकको भूमिकामा देखिने हुनुभएको छ ।

संसारभर छरिएर रहेका नेपाली भाषीहरुलाई एउटै सूत्रमा जोड्न सकियोस्, प्रवासी नेपालीको साझा चौतारी बनोस् र सबैलाई नेपालसँग जोड्न सकियोस् भन्ने मुल उद्देश्य रहेको आयोजक संस्थाका कार्यकारी निर्देशक चूडामणि भट्टराइले बताउनुभयो । हामीले विदेशीदै गर्दा हाम्रो भेषभूषा र कला संस्कृति जोगाउन सकेनौ भने हाम्रो नयाँ पुस्ता नेपालसँग जोडिन सक्दैनन् र अर्को कुरा संसारभर छरिएर रहेका नेपाली भाषीहरुलाई नेपालसँग जोड्नुका साथै अपनत्व कायम गर्ने काम पनि यसले गरेको भट्टराइको भनाइ छ । यसैगरी, संस्थाका सांस्कृतिक विभागका प्रमुख ओम गुरुङले शरणार्थी हुनुको पीडाबिच आफ्नो बाउ बाजेको देश खोज्ने अभियानका रुपमा पनि यो सांस्कृतिक महोत्सव स्थापित भएको बताउनुभयो ।

पिएनओका उपाध्यक्ष समेत रहनुभएका गुरुङले यो सांस्कृतिक अभियान सबै नेपालीभाषीका लागि एउटा उत्सव बन्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा अस्ट्रेलिया संयोजक निक शर्माले केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको विज्ञप्ति पढेर सुनाउनुभएको थियो । यस्तै, कार्यक्रममा अस्ट्रेलियाका निर्णायक विजय थापा, एनआरएका पूर्व अध्यक्ष नन्द गुरुङ लगायतले कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अस्ट्रेलियाभरबाट करिब चार दर्जन कलाकारहरु छनोट भएको र उनिहरुको अडिसन सिडनीमा आइतबार हुने भएको छ । यसअघि युरोपको लन्डन र पोर्चुगलमा समेत कलाकार छनोट कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रममा युवा अयिभन्ताहरु भिम बस्नेत, इथान शाक्य, सुनिल बिष्ट, गगन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...